नियम ९
सघन निगरानी क्षेत्रको घोषणा
(१) विभागले नियम ८ बमोजिम घोषित बर्ड फ्लू प्रभावित क्षेत्रबाट बाहिर कम्तीमा सात किलोमिटर वरिपरिको क्षेत्र र बर्ड फ्लू लागेको क्षेत्रमा पर्ने चिडियाखाना वा संरक्षण क्षेत्रलाई अवधि तोकी बर्ड फ्लूको सघन निगरानी क्षेत्र घोषणा गरी सघन निगरानीको कार्य अघि बढाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम घोषणा गरिएको सघन निगरानी क्षेत्रमा बर्ड फ्लूको नियन्त्रण भइसकेपछि सोही जिल्ला वा प्रदेश र सम्बन्धित जिल्ला: वा प्रदेशसँग सीमाना जोडिएका अन्य जिल्लाहरूमा बर्ड फ्लू देखा परेमा त्यसरी बर्ड फ्लू देखा परेको क्षेत्रलाई आधार मानी सघन निगरानी क्षेत्रको परिधि विस्तार गर्न सकिनेछ।
(३) उपनियम (१) बमोजिम घोषणा गरिएको सघन निगरानी क्षेत्रबाट कार्यालय प्रमुख वा निजले तोकेको अधिकृतले बर्ड फ्लू परीक्षणको लागि नमूना सङ्कलन तथा प्रयोगशालामा परीक्षण गराउन सक्नेछ।
(४) बर्ड फ्लू प्रभावित क्षेत्रभित्र चिडियाखाना वा संरक्षण क्षेत्र परेमा विभागले सो स्थानमा सम्बन्धित चिडीयाखाना वा संरक्षण निकायसँग समन्वय गरी जोखिम विश्लेषण प्रतिवेदनका आधारमा निगरानी तथा नियन्त्रणको आवश्यक व्यवस्था मिलाउनेछ।